काठमाडौं । लकडाउनको समयमा कुनै सहयोग चाहिए सीधै आफूलाई सम्पर्क गर्न कांग्रेस नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् ।
नेता सिंहले आफू, पार्टीनिकट जनप्रतिनिधि तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका जनतालाई आफ्ना दुःख भए बिसाउन आग्रह गरेका हुन् ।
‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव निर्वाचनमा विजयी बनाई सेवा गर्ने अवसर दिनु हुने काठमाडौं निर्वाचन क्षेत्र नं. १ का दिदीबहिनी तथा दाजुभाइहरूले र स्वदेश तथा विदेशमा बस्नुहुनेहरूले कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ,’ नेता सिंहद्वारा जारी सूचनामा भनिएको छ ।
लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिनाइ भएको भन्दै उनले राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेका छन् । दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि उनले सरकारलाई सुझाव दिएका छन् ।
कोरोना प्रवेश गर्न नदिने प्रयास असफल भइसकेको उल्लेख गर्दै सिंहले फैलावट र क्षति न्यूनीकरण गर्न गम्भीर चुनौती खडा भएको बताएका छन् । कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न कांग्रेस र आफू तयार रहेको आश्वासन उनले दिएका छन् ।
कोरोना न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनको पालना गर्न पनि नेता सिंहले सबैमा आग्रह गरेका छन् । ‘कोरोना संक्रमणबाट हुन सक्ने जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाम्रो देश कष्टपूर्ण लकडाउनको अवस्थामा छ । त्यसैले विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक सूचना र नियमहरुको पालना गर्दै घरभित्रै बसेर आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं,’ नेता सिंहको सुझाव छ ।
कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारले गरेका काम सुस्त भएको आरोप पनि नेता सिंहले लगाए । ‘सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई मेरो आग्रह छ,’ नेता सिंहले भने ।
सिंहले विदेशस्थित नेपालीहरुको अवस्था र सुरक्षामा समेत ध्यान दिन आग्रह गर्दै दूतावासहरूलाई प्रभावकारी बनाउन माग गरे ।
काठमाडौं क्षेत्र नं. १ को लागि सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु
प्रकाशमान सिंह– ९८५१०२३७६४
दीपेन्द्र श्रेष्ठ– ९८५१००५१७२५ (प्रदेश सांसद्)
राजेन्द्र गुरुङ– ९८५१०८४५४२ (प्रदेश सांसद्)
सुरज लामिछाने– ९८५१०३६१३६ (प्रदेशसभा सदस्य उमेदवार)
प्रकाश राणा– ९८५१०३८००८ (क्षेत्रीय सभापति)
हिरालाल तण्डुकार– ९८५१२७९९११ (वडा नं. ११ को अध्यक्ष)
रामकुमार केसी।– ९८५१२७९९१०/९८५१०२५६८९ (वडा नं. १० को अध्यक्ष)
कुश ढकाल– ९८५१२७९९२९/९८४१३८९२७८ (वडा नं. २९ को अध्यक्ष)
प्रह्लाद कार्की– ९८४१४११९१२ (प्रदेश अध्यक्ष न.क)
रामकृष्ण थापा– ९८४१३६८१३४ (प्रदेश अध्यक्ष न.ख)
उज्ज्वल कोइराला–९८४१४०५०१७ (इकाई सभापति वडा नं. ३१)
रविराज श्रेष्ठ– ९८५१०१८१३८ (इकाई सभापति वडा नं. ११)





प्रतिक्रिया