देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दश दिन अघि नेपालबाट भारत गएका एक युवकलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौं । नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो।

उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारतको दिल्ली पुगेको र केही दिनपछि लक्षण देखिएर परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको छ । उनी काठमाडौंबाट दिल्ली र त्यहाबाट बस चढेर साथीहरूसँग घर गएका थिए। घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गएका थिए।

उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन। उनी किन नेपाल आएका थिए र कति दिन बसे भन्ने पनि खुल्न बाँकी छ।