काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ ।
आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । आइतबार नै बस्ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ । यस्तै बैठकले विपन्नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ ।
यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया