देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ राष्टपतिलाई प्रचण्डको पत्र, सहयोगको याचनासहित बधाई ज्ञापन

देशान्तर

काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुध्नका निम्ती आवश्यक सहयोगको याचना गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनीयाँ राष्टपति सि जिनफिंगलाई पत्र पठाएका छन् ।

प्रचण्डले पत्रमार्फत नेपाल कोरोना महामारीको चपेटमा पर्न थालेको भन्दै त्यसका लागि तत्काल मेडिकल सामाग्री सहयोग मागेका छन् ।

महामारीसँग जुध्न नेपालले पूर्ण तयारी गरिनसकेको भन्दै प्रचण्डले अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको सहयोग गर्न सीसँग अनुरोध गरेका हुुन् ।

गत मार्च २६ मा पठाएको पत्रमा अध्यक्ष ‘प्रचण्ड’ले राष्टपति सी लाई कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई पनि दिएका छन् ।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाहरुका समाचारबाट थाहा पाएको छु । यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु’ अध्यक्ष प्रचण्डले पत्रमा भनेका छन् ।

गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसको संक्रमण चिनले लगभग नियन्त्रण गरिसकेको छ । संक्रमणका कारण चीनमा ८१ हजार ४ सय ३९ जना मानिस संक्रमित भएका थिए । त्यसमध्ये तीन हजार तीन सयको मृत्यु भएपनि अरुलाई चीनले उपचार गरेर बनाउन सफल भएको छ ।

आइतबार मात्रै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई २४ हजार थान मास्क, दुई हजार थान एन नाइन्टी फाइभ मास्क, पाँच सय थान चस्मा , सय थान थर्मोमिटर , ३० थान व्यक्तिगत सुरक्षा सामग्री , एक थान भेन्टिलेटर र चार सय बक्सा क्वारेन्टाइन टेबल हस्तान्तरण गरेकी थिइन् ।