देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मजदुरका लागि अभिनेत्री बर्षा शिवाकोटीले १ लाख दिने

देशान्तर

काठमाडौं । हालै कोरोनाको समस्या समाधान भएपछि चीन घुम्न जाने बिचार ब्यक्त गरेकी अभिनेत्री बर्षा शिवाकोटीले ज्याला मजदुरी गर्नेहरुका लागि एक लाख रुपैया दिने घोषणा गरेकी छन् ।

अभिनेत्री शिवाकोटीले भिडियो सन्देशमार्फत उक्त रकम दिने घोषणा गरेकी हुन् । ‘पैसाले आफै सामान किनेर मजदुर दाजुभाइ तथा दिदीबहिनीमा दिने इच्छा थियो’ शिवाकोटीलले भनिन्, ‘सरकारले घरमै बसेर सुरक्षित रहन आग्रह सहित गरेको लकडाउनका कारण प्रधानमन्त्री राहात कोष मार्फत यो रकम दिन लागेकी छु ।’

कोरोनाबाट बच्न दैनिक जसो सर्वसाधारणमा केही न केही सन्देश दिने गरेकी बर्षाले बर्तमान परिस्थितिमा दिनरात खट्टिने डाक्टर, नर्स, सुरक्षाकर्मी लगायतलाई समेत भिडियो सन्देशमार्फत धन्यवाद दिएकी छन् ।