देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न : प्रवक्ता शर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्त दिन नहुने बताएका छन् । शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई स्मृति पत्र भन्दै अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गर्ने तर संकटका गरिएको भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले संकटका बेला सरकारलाई दल र नागरिकले साथ दिनु दायित्व भए पनि यस्तो बेला भएका अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएका हुन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि सरकारले चीनबाट ल्याएको सामानमा व्यापक अनियमिता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ  ।

चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये चिनियाँ दूतावास र ज्याक मा पाउन्डेसनले उपलब्ध गराएको सामग्री र सरकारले खरिद गरेको सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएपछि सरकारले संकटमा भ्रष्टाचार गरिरहेको भन्दै आलोचना भएको हो । यही विषयलाई लिएर प्रवक्ता शर्माले अख्तिायरलाई ध्यानाकर्षण गरेका हुन् ।

‘अख्तियारलाई `स्मृति पत्र´! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व,’ उनले लेखेका छन्, ‘साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको ध्यानाकर्षण ।’

उनले कोरोना महामारी संकटका बेला सरकारले अहोरात्र काम गरेको भन्दै प्रोत्साहित गर्नुपर्ने तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने उल्लेख गरेका हुन् । ‘अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न,’ शर्माले भनेका छन् ।