देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्‍वभर काेराेना संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु

देशान्तर

विश्‍वभर नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ४२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।

विश्वका २०२ देशमा फैलिएको कोरोना संक्रमितको संख्या ८ लाख ५८ हजार ७ सय ९७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७८ हजार ९९ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइसोलेसन तथा क्‍वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ४७ पुगेको छ भने ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।