देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामान खरिदमा अनियमितता भएको प्रष्ट भयो : कांग्रेस नेता जोशी

देशान्तर

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमितता गरेको प्रष्ट भएको बताएका छन् ।

रेडियो देशान्तरसँग कुरा गर्दै जोशीले अहिलेको महामारीको अवस्थामा चौतर्फी विरोध भएपछि सरकार आफ्नो अनियमितता लुकाउनका लागि ठेक्का प्रक्रिया रद्द गरेर पानी माथिको ओभानो बन्न खोजेको बताए ।

अहिले कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा रहेको बताउँदै आम मानिसका दैनिक जनजीविकाका सवालमा समेत सरकार गम्भीर नभएको उनको आरोप छ ।

सरकारले राहतको प्याकेज घोषणा गरे पनि त्यो सबैको पहुँचमा नहुने पनि प्रष्ट पारे । सुनौ जोशीसँग गरिएको यो कुराकानी ।