देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता महतद्वारा निःशुल्क मास्क वितरण

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण गरेका छन् ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःशुल्क रुपमा मास्क बितरण गरेका हुन् । नेता महतले निर्वाचन क्षेत्र नम्बर ५ भित्र रहेका कांग्रेसका वडा सभापतिहरूमार्फत मास्क बितरण गरेको उनका सहयोगी अनुराग शाहले जानकारी दिए ।

वडा सभापतिहरुलाई मास्क उपलब्ध गराउँदै सहमहामन्त्री महतले सरकारले मास्क लगायत कोरोनाको संक्रमणबाट बच्ने कुनै पनि सामाग्री बितरण नगरेको प्रति दुःख व्यक्त गरे ।

उनले स्वास्थ्य सामाग्री तथा मेडिकल मास्कहरु तत्काल सबै जनतालाई बितरण गर्न पनि सरकारसँग आग्रह गरे । कोरोनाबाट बच्ने समय अझै पनि भएको भन्दै कांग्रेस महतले सरकारलाई तनमन लगाएर कोरोना रोकथाममा लाग्न आग्रह गरे ।