देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनमा यात्रु बोक्ने एम्बुलेन्स नियन्त्रणमा

देशान्तर

रौतहट । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु बोकेका ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा यात्रुु बोकेको अवस्थामा ती एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेकामध्ये २ वटा नीजि र एउटा रेडक्रस सोसाइटी सर्लाही उपशाखा हिरापुरको रहेको बताइएको छ । काठमाडौंबाट यात्रुुसहित हरिऔन आउँदै गरेको ज १ च १३४४, सर्लाहीको बरथहवाबाट यात्रु लिएर वीरगन्ज हिँडेको ना १ च ९१९६, सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक समेतलाई नियन्त्रणमा लिएको डिएसपी हेमशहादुर शाहीले जानकारी दिए ।

अन्य दिनको तूलनामा राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।