देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीसँग जोडिएका बर्दियाका सबै नाका बन्द

देशान्तर

बर्दिया । छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ ।

कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्णरुपमा बन्द गरिएको राजापुर नगरपालिकाका प्रमुख शिवनारायण चौधरीले बताए। उनले कैलालीका सबै नाका बन्द गर्नु पर्ने बताए। कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ।

ठाकुरबाबा नगरपालिकाको चिसापानी नाकाबाट १२ किलोमिटर पश्चिम कैलालीको लम्कीका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो। ठाकुरबाबा नगरपाकिलाका प्रमुख घननारायण श्रेष्ठले चिसापानी नाका पूर्णरुपमै बन्द गरिसकेको जनाए।