देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्व प्रधानमन्त्रीहरुसँग सभापति देउवाको कुराकानी : संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल

देशान्तर

काठमाडौं । कोरोनाको संक्रमण चर्किँदै जाँदा पूर्व प्रधानमन्त्रीहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी भएको ट्विट मार्फत् जानकारी दिए ।

उनले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको जनाएका छन् ।