कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । शिर्ष नेताको चर्को दवावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि दबाब परेको थियो ।
सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठकको माग गर्दै आएका छन । चैत्र पहिलो सातापछि नेकपाको सचिवालय बैठक बसेको छैन ।





प्रतिक्रिया