काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले प्रजातन्त्र पुनर्स्थापना दिवसको अवसर पारेर अनिवार्य रुपमा आवश्यकता परेकाहरुलाई सहयोग गर्न आह्वान गरेका छन् ।
नेता जोशीले चैत्र २६ (२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन) प्रजातन्त्र पुनर्स्थापना दिवसका अवसरमा उनले लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायी हरुले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आह्वान गरेका हुन् ।
आह्वान पत्र सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर, वीर, लौहपुरुष गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवानै राजनीतिकर्मीको धर्म हो त्यो धर्म सबैले पालना गर्नुपर्ने भन्दै गणेशमान सिंहको वचनलाई चिरायुत्व दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीले आह्वान गरेका छन् ।
साथै कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै ,सरकार र विश्वस्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आह्वान गरेका छन् ।





प्रतिक्रिया