देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले सबै दललाई विश्‍वासमा लिन सकेन : कांग्रेस

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले संकटका बेला सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नु पर्ने बेलामा सरकार त्यस दिशामा गम्भीर नभएको आरोप लगाएका छ ।

कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले आफूले राष्ट्रिय सहमतिका लागि पहल गरे पनि प्रधानमन्त्री केपी ओलीले सहमतिका साथ अघि बढ्ने तत्परता नदेखाएको बताएका थिए । संसद् अधिवेशनसमेत प्रमुख प्रतिपक्ष दलको परामर्श समेत नलिई सरकारले एकलौटी रुपमा अन्त्य गरिएको प्रति कांग्रेसले असन्तुष्टि प्रकट गरेको थियो ।

‘कोभिड-१९’ संक्रमणबाट मुलुक र जनतालाई बचाउन सरकार आफैले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्नुपर्दथ्यो, म आफैले पूर्व प्रधानमन्त्रीहरुसग छलफल गरेर प्रयास गरेँ, तर सरकारका तर्फबाट सहमतिको प्रयास अघि बढेको देखिएन’ देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘सबैको सहयोग लिन सरकारले सकेन भने अहिलेको चुनौती सामाना गर्न सकिन्न ।’

बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अहिलेसम्म पनि उपलव्ध भइनसक्नु लज्जाको विषय रहेको कांग्रेसले जनाएको छ । स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था सरकारले उपलव्ध गराउन नसक्दा अन्य बिरामीले समेत अस्प्तालमा उपचार पाउन छाडेको भन्दै यस्तो स्थितिको चाँडो अन्त्य गर्न कांग्रेसले माग गरेको छ ।