देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकाली पारि अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । महाकाली नदीपारि भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई तत्काल नेपाल भित्र्याउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले यस्तो आदेश जारी गरेको हो।

अधिवक्ता मिना खड्का बस्नेत, माधव बस्नेतलगयतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। सर्वोच्चले भारतीय सीमा पारिका नेपाली नेपाल आउन चाहेमा आउने व्यवस्था गर्न र नेपाल ल्याएर निश्चित समय क्वारेनटाइनमा राख्न भनेको छ।

यदि त्यस्तो सम्भव नभएमा भारत सरकारसँग सम्वन्वय गरी उनीहरुको उचित खाने, बस्ने र उपचारको व्यवस्था मिलाउन सर्वोच्चले भनेको छ। भारतमा २१ दिन लामो लकडाउन भएपछि विभिन्न स्थानबाट पैदल हिँडेका आएका नेपालीहरु भारतीय सीमामा अलपत्र परेपछि दर्ता भएको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।