नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, दुई जनाको धौलागिरी अस्पताल र चार जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ । संक्रमितहरूको स्वास्थ्य अवस्था पनि ‘खतरामुक्त’ रहेको बताइएको छ ।





प्रतिक्रिया