देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाको लागि सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु स्थगित गरेको छ । बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका परीक्षा तालिकाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरस कोभिड–१९ को महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।