देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरिय समिति गठन

देशान्तर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरिय समिति गठन गरेको छ । कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न आयोगका सदस्य संयोजक रहेको उच्चस्तरिय समिति गठन गरिएको हो ।

समितिमा नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेछन् ।

समितिले कोरोनाको संक्रमणको त्रासका कारण उत्पन्न अवस्थाबारे अनुगमन गर्ने बताइएको छ ।समितिले कोरोनाको संक्रमणविरुद्ध लड्न सरकारी कदमहरु, उपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी सुझाव दिने बताइएको छ ।

समितिले अनुगमनलाई प्रदेश र जिल्लास्तरमा पनि प्रभावकारी बनाउने आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।