देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा संवाद गरेका छन् ।

संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफूहरु सहमत भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन् ।

लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न समेत दुई प्रधानमन्त्रीबीच कुराकानी भएको छ ।

भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि ओलीले मोदीलाई धन्यवाद पनि दिएका छन् ।