देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालत आजबाट आंशिक रुपमा खुल्ने

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिमा अदालतबाट प्रवाह हुने सेवा आंशिक सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदन तथा पक्राउ पूर्जी जारी तथा समर्थनको काममात्र सञ्चालनमा थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले आजदेखि हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता, अभियुक्तको बयान, थुनछेक आदेश गर्ने निर्णय गरेको हो ।

यसअघि हिजो सर्वोच्च अदालत बार एशोसिएशन, महान्यायाधिवक्ता कार्यालय लगायतले आंशिक सेवा विस्तारको राय दिएका थिए ।

बैठकले आइतबारबाट थुनछेक आदेश उपरको निवेदनमा पनि सुनुवाइ गर्ने भएको छ ।

बैठकले लकडाउनको अवधि सकिएको तीन दिनपछि अदालतमा नियमित मुद्दाको सुनुवाइ गर्ने पनि निर्णय गरेको छ ।