देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उडान नहुँदा ११ नेपालीको शव यूएईमै रोकियो, उतै अन्त्येष्टि गर्ने तयारी

देशान्तर

यूएई – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको शव रोकिएको छ । उडान नभएपछि लकडाउनअघि र त्यसपछि ज्यान गुमाएका ११ नेपालीको शव यूएईमै रोकिएको हो । विभिन्न कारणले ज्यान गुमाउने ११ नेपालीको शव अहिले यूएईका अस्पतलामै छन् ।

रुपन्देहीकी बिनु पराजुलीको मृत्युपछि मात्रै मृत्युको कारण कोरोना भएको अस्पतालले पुष्टि गर्‍यो । उहाँको यूएईमै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । तर नेपाली दूतावासले पराजुलीको मृत्युको कारण पुष्टी गर्न सकेको छैन ।

यस्तै आफ्नै कोठामा मृत भेटिएका नुवाकोटका हरिशरण डोटेलको शव अनुसन्धानका लागि भन्दै राखिएको छ । अनुसन्धान नसकिएकोले अहिलेसम्म डोटेलको मृत्युको कारणसमेत खुलेको छैन ।

यूएईमा कास्कीका सम्मरबहादुर सुनार, धनुषाका वीरेन्द्र दास, झापाकी निता चौधरी, ताप्लेजुङका राजु पञ्चकोटी, खोटाङका दिलिप तामाङ, रुपन्देहीका सुरज थापासहित अरु ३ जनाको शव नेपाल पठाउन सकिएको छैन ।

सामान्य अवस्थामा यूएईमा ज्यान गुमाएका नेपालीको शव तीनदेखि सात दिनभित्र नेपाल पठाउने गरिए पनि अहिले कोरोनाका कारण उडान ठप्प हुँदा शव पठाउन नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । लकडाउन लम्बिंदै जाने हो भने शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ ।