देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागलुङमा ९४ जनामा गरिएको र्‍यापिड टेष्टको रिपोर्ट नेगेटिभ

देशान्तर

बाग्लुङ । कोरोनाको दुई संक्रमित पुष्टि भएसँगै उच्च जोखिममा रहेको बागलुङमा ९४ जनामा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा टेष्ट गरिएको हो ।

विदेशबाट आएका बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ जना र तमानखोला गाउँपालिकाका ७ जनाको टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएपनि स्वास्थ्य निर्देशनालयले तत्काल रिपोर्ट सार्वजनिक नगरी प्रदेश स्तरबाट एकमुष्ठ रिपोर्ट सार्वजनिक गर्न निर्देशन प्राप्त भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गैरेले जानकारी दिए ।