देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद विकास कोष अनुचित छ, कोषमा राख्ने निर्णय गरिहालौं नेकपा प्रवक्ता श्रेष्ठ

देशान्तर

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने बताएका छन्।

श्रेष्ठले शनिबार ट्वीट गर्दै श्रेष्ठले सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेका छन्। श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन्। यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय गरिहालौं,’ श्रेष्ठले भनेका छन्।

श्रेष्ठले प्रमुख प्रतिपक्षीलगायत दलसँग सरकारले समन्वय गर्नुपर्ने बताएका छन्। उच्चस्तरीय समन्वय समितिले बैठकलाई निरन्तरता दिनुपर्ने पनि उनले बताएका छन्। उच्चस्तरीय समन्वय समितिले यस्तो बैठक आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपर्युक्त हुन्छ। सुझाव लिन र निर्णयहरूको औपचारिक जानकारी लिन,उनले भनेका छन्।