देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तहमा खाद्यान्न सहयोग गर्दै तरूण दल

देशान्तर

काठमाडौँ । नेपाल तरूण दल सुर्खेतले जिल्लामा सबै स्थानीय तहमा खाद्यान्न सहयोग गरिरहेको छ। विश्वव्यापी महामारीका रूपमा रहेको कोरोनाभाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण्का लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगिरहेका नागरिकलाई स्थानीय सरकारमार्फत् वितरण गर्नका लागि खाद्यान्न सहयोग गरिएको हो।

तरूण दलले दिएको खाद्यान्न स्थानीय तहहरूले समस्यामा रहेका आफ्ना नागरिकलाई राहतका रूपमा वितरण गर्नेछन्। लकडाउनका कारण बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो परेका मजदूर तथा अन्य वर्गका लागि खाद्यान्न सहयोग गरिएको तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए।

राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली बनाएकाले स्थानीय सरकारमार्फत् नै नागरिकलाई खाद्यान्न सहयोग गरिएको उनले बताए। उनका अनुसार स्थानीय तहमा रहेका तरूण दलको कार्यसमितिसँग पनि यो सहयोगका लागि समन्वय गरिएको छ।

योसँगै सहयोग गर्न चाहने अन्य दाताहरूको सहयोग संकलन गरी खाद्यान्न सहयोग गरिएको विष्टले बताए। अध्यक्ष विष्टले समस्यामा परेका नागरिकको सही रूपमा पहिचान गरेर मात्र राहत वितरण गर्न सुझाव पनि दिएका छन्।