देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीका संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ

देशान्तर

काठमाडौ । कोरोना भाइरस कोभिड–१९ संक्रमित धनगढीका युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो।

धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकमा १४ गते कोरोना पुष्टि भएकोमा यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो भने शनिबार तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ। यससँगै उनको अस्पताल बसाइँ लम्बिएको छ। तेस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। काठमाडौँबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए। शनिबार तीन जनाको रिर्पोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले जानकारी दिए।