देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काेराेना भाइरसबाट निकाे हुनेकाे संख्या ४ लाख बढी

देशान्तर

विश्वका विभिन्न देशमा गरी ४ लाखभन्दा धेरै  कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ८० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ४ लाख ४ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डओमिटरले जनाएको छ ।

१ लाख ८ हजार जनाको भने मृत्यु भएको छ । कोरोना संक्रमणकोरोना संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको मृत्यु भएको छ । ५ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा १८ सय भन्दा धेरैको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो । अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ ।