देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डडेल्धुरा अस्पतालको आइसोलेसनबाट दुईजना भागे

देशान्तर

काठमाडौ । डडेल्धुरा कोरोना भाइरस ९कोभिड–१९० को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन्। उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्।
कोभिड(१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

तीन दिन अघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँकोहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएका थियो।
उनले भने, दिउँसोसम्म यतै हुनुहुन्थ्यो। पछि हेर्दा अस्पतालमा भेटिएनन्। निमित्त मेसु विष्टका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो।

अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ।