देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाकै कारण बेलायतमा फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु

देशान्तर

काठमाडौं कोरोना भाइरसका कारण बेलायतमा फेरि अर्का एक पूर्व(गोरखा सैनिकको मृत्यु भएको छ। स्याङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा हिजो निधन भएको हो। चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पतालमा भर्ना गरिएको उनका आफन्त राजनकुमार क्षेत्रीले बताए। उपचारका क्रममा मल्लको निधन भएको हो। उहाँ सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आउनुभएको थियोु उनले भने।
यसअघि कोरोना भाइरसको संक्रमणकै कारण बेलायतमा भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङको मृत्यु भएको थियो। पर्वतको महाशिला गाउँपालिका भोक्सिङ देउराली घर भई बेलायतको ननिटनमा बस्दै आएका गुरुङको कोरोनाको कारण मृत्यु भएको हो। त्यस्तै, पूर्व(गोर्खा सैनिक चेतप्रसाद गुरुङ, लिलाबहादुर राई र व्यवसायी प्रशान्त अर्यालको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।