देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अप्ठेरो अवस्थामा नयाँ वर्ष मनाउँदैछौं : प्रधानमन्त्री ओली

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताउनु भएको छ । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ’ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको पनि बताउनु भयो ।