देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–चीन औपचारिक बैठक बस्दै,तातोपानी नाका सञ्चालनबारे छलफल हुने

देशान्तर

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको बेला छिमेकी मुलुक चीनसँग तातोपानी नाका सञ्चालनबारे नेपालका सरकारी अधिकारीले औपचारिक बैठक गर्ने तयारी गरेका छन् । नेपाल र चीन छुट्याउने लिपिङस्थित मितेरीपुको रातोरेखामा एक मिटर दूरी कायम गरेर बैठक बस्न लागेको हो ।

नाका सञ्चालन गर्नेबारे मंगलबार बैठक बस्न लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिनुभयो। नेपालतर्फ जिल्ला प्रशासन, भन्सार, अध्यागमन, सुरक्षा निकाय र क्वारेन्टाइनका अधिकारी तथा चीनतर्फ न्यालम जिल्ला र जाङ्मु पोर्टका अधिकारी बैठकमा सहभागी हुन लागेको खत्रीले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र न्यालम जिल्लाका प्रतिनिधिको संयुक्त अध्यक्षतामा बैठक बस्न लागेको हो ।