काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बुधबारसम्म लकडाउन गर्ने यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताएका हुन् ।
लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उनले सङ्केत गर्नुभएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि प्रधानमन्त्री ओलीले बताए ।
यस्तै ओलीले कोरोना नभएका व्यक्तिलाई जोगिने शक्ति तथा सङ्क्रमण भएकाले निको होस् भन्ने कामना पनि गरेका छन् । कोरोना रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार नभएकाले लकडाउन पालना गर्नु नै बच्ने एकमात्र उपाय भएको ओलीको भनाइ छ ।





प्रतिक्रिया