वीरगञ्ज । वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइएको छ ।
कोभिड–१९ संक्रमित भेटिएको क्षेत्रलाई सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा चोक तथा गल्ली गल्लीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सर्वसाधरणको आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । अन्य दिनको तुलनामा यस क्षेत्रमा थप कडाइ पारिएको छ । औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ । अत्यन्त जरुरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।
कट्याक्ट ट्रेसिङ र र्यापिड टेस्टलाई सँगसँगै अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनकाअनुसार र्यापिड टेस्टमा संक्रमितको सम्पर्कमा आएका ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।





प्रतिक्रिया