देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

देशान्तर

कैलाली । कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बस्नेतले जानकारी दिए ।