काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । उनको स्वाबको परीक्षण गर्न बाँकी छ ।
त्यस्तै बेथानचोक गाउँपालिकाका युवालाई आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी ९ चैतमा भारतबाट नेपाल आएका थिए ।





प्रतिक्रिया