देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदयपुरको एक मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा

देशान्तर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ ।

सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यसयता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

त्यसपछि उनीहरू लकडाउन अघिनै भुल्केस्थित मस्जिदमा आएर लुकेर बसेको प्रशासनले दावी गरे पनि स्थानीयवासीले भने लकडाउनकै समयमा उनीहरु आएको बताएका छन् ।

मस्जिदमा उनीहरूसँगै चार नेपालीसमेत छन । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिममा कोरोना संक्रमण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए ।

त्यसलगत्तै उनीहरुको र्‍यापीड टेष्ट किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षणका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।