देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतबाट आएका २१ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

देशान्तर

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा चैत १ गते यता भारतको दिल्लीबाट आएका तथा होम क्वारेन्टाइनमा बसेका २१ जना पुरुषको सोमबार आरडिटी गरिएको छ ।

तर उनीहरुमध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको चिकित्सकहरुले बताए । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार आरडिटी गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब संकलन गर्न छुटेका तथा भारत लगायत अन्य मुलुकको कोरोना संक्रमण सहरबाट दार्चुलाका आएका सबैको क्रमिक रुपमा आरडिटी गरिने उनले बताए । कोरोना परिक्षणका लागि केही किटहरु जिल्ला आइसकेको तथा केही किटहरु आउने क्रममा रहेको जन स्वास्थ्य अधिकृत भट्टको भनाइ छ ।