देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व पर्यटन सचिव सुशील घिमिरे नियुक्त

देशान्तर

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ । हिजो ९मंगलबार० बसेको मन्त्रिपरिषद् बैठकले पूर्व पर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो। पर्यटन सचिव वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेरललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो।

तर खरेलले चार वर्ष कार्यकाल पूरा नगरी माघ २०७६ मा राजीनामा दिएका थिए ।