देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाका अध्यक्षद्धारा सातवटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स

देशान्तर

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सातवटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गरेका छन् ।

भिडियो कन्फ्रेन्समा लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको सूचना लिएर सम्बन्धित निकायमा पु¥याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उनले बताए ।

भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका छन् । प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका छन् ।

यस्तै प्रदेश संसदले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो ।