काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारमा र्यापिड टेष्ट गर्दा तीनैजनाको पोजेटिभ देखिएको भए पनि पीसीआरद्वारा गरिएको परीक्षणमा एकजनाको नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार र्यापिड टेष्टमा पोजेटिभ देखिएका तीनजनामध्ये दुईजनाको पीसीआरद्वारा पनि पोजेटिभ आएको तर एकजनाको नेगेटिभ आएको जानकारी गराएका छन् । सनसिटीमा गरिएको र्यापिड टेष्टमा बुधबार २९८ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।
बेलायतबाट आएको परिवारलाई करिब २८ दिनपछि कोरोना संक्रमण देखिएको थियो । उनीहरुको घरमा सम्पर्कमा रहेका दुई सदस्यको पीसीआरका लागि नमुना परीक्षणका लागि पठाइएको उनले जानकारी दिए .





प्रतिक्रिया