देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन उल्लंघन गर्ने ७ सयबढी कारबाहीमा

देशान्तर

प्रहरीले उपत्यकामा लकडाउन उलग्घन गर्नेलाई कारवाही तिब्र बनाएको छ । सोही क्रममा आज विहान मात्रै ७ सय भन्दा बढीलाई कारवाही गरिएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिले हिजो संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनाउने निर्णय गरेसँगै प्रहरीले सडकमा निस्कनेहरुलाई केही घन्टा उभ्याएर राखेको हो ।

कारवाहीमा पर्नेमा ५ सय भन्दा बढी काठमाडौंका र अन्य भक्तपुर र ललितपुरका छन् । एक सय भन्दा बढी सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले उलग्घन गर्नेलाई थुन्नेसम्मको कारवाही गर्न हिजो प्रहरीलाई निर्देशन दिएको थियो ।

लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएपनि त्यसको पुर्णपालना भएको छैन । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले आउँदो वैशाख १५ सम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

लकडाउनका कारण सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ । प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ ।