देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन उल्लंघन गर्ने ३९१ सवारीसाधन नियन्त्रणमा

देशान्तर

काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ सय ९१ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसाे १२ बजेसम्ममा उक्त संख्यामा सवारी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार दिउँसाे १२ बजेसम्ममा उपत्यकाका विभिन्न स्थानबाट ४४ चारपांग्रे र ३ सय ४७ वटा दुईपांग्रे सवारी नियन्त्रण लिइएको छ।

लकडाउनमा खाद्यान्न, पानी, इन्धन पास लिएका लगायत अत्यावश्यक सवारीका साधनमात्र चलाउन पाइन्छ। चैत ११ देखि लागू गरिएको लकडाउन तेस्रो पटक समय थप गरेर बैशाख १५ सम्म पुर्‍याइएकाे छ।