देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

र्‍यापिड टेष्ट गर्दा हेटौँडामा चार जनाको कोरोना रिपोर्ट पोजेटिभ

देशान्तर

हेटौडा । कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।

हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । वडा नं ४ मा भने चार जनामा पोजेटिभ देखिएको परीक्षणमा संलग्न मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

परीक्षणका क्रममा ५० वर्षीया एक भारतीय महिलासहित २४, ३२ र ६७ वर्षका तीन जना पुरुष छन् । पोजेटिभ पाइएका पुरुषमध्ये २४ वर्षीय युवा साउदी अरेबियाबाट आएका थिए भने अरु भारतबाट आएका थिए । रक्त नमूनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको स्वाब सङ्कलन गरी प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा पठाइएको जनाइएको छ ।

कोरोना पोजेटिभ भेटिएका चारै जनालाई हेटौँडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिकाले विदेशबाट फर्किएकाको कोरोना परीक्षण शुरु गरेको हो ।