देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिँडेरै गन्तव्यतर्फ गइरहेका मजदुरहरुलाई सहयोग गर्न तरुण दलको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हिँडेरै गन्तव्यतर्फ गइरहेका मजदुरहरूको यात्रा सहज बनाउन आग्रह गरेको छ । अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी घरतर्फ पैदल जाँदै गरेका मजदुरलाई खाने–बस्ने प्रबन्ध मिलाउन तरुण दलका नेता–कार्यकर्ताहरूसँग आग्रह गरेका हुन् ।

नेपाल तरुण दलका सम्पूर्ण साथीहरूले आ–आफ्नो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गन्तव्यतर्फ गइरहेका मजदुरहरूका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ। उहाँले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ।

तरुण दलले मजदुरहरूलाई खान, बस्न र उनीहरूको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन सरकारसँग पनि माग गरेको छ ।