देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एन्टिबडी पोजिटिभ देखिएका हेटौंडाका चारजनाको पीसीआर रिपोर्ट नगेटिभ

देशान्तर

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हेटौंडा–४ स्थित बासुदेव सभागृहमा भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो। उनीहरुहरुलाई आइसोलेसनमा राखिएको थियो।