देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेवि संघ ५१ औं वर्षमा प्रवेश : ‘शैक्षिक विकृतिविरुद्ध निरन्तर खबरदारी’ गर्ने प्रण

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमाप्रवेश गरेको छ । नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको प्रभावशाली भ्रातृ संस्था नेविसंघ आजबाट ५१ वर्षमा प्रवेश गरेको हो ।

नेपालविद्यार्थी संघको ५१औँ वर्ष प्रवेशका उपलक्ष्यमा अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना व्यक्त गरेका हुन । अध्यक्ष ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

‘सर्वप्रथमत् नेविसंघद्वारा विगतमा संचालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोनमा वीरगति प्राप्त गर्ने वीर शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु,त्यस्तै आजभन्दा ५ दशकअघि नेविसंघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापनागर्नु हुने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु,’ ढुङ्गानाले विज्ञप्तिमा भनेका छन् ।

नेपालको लोकतन्त्रवादी विद्यार्थीहरुको संगठन नेवि संघले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरी ५१औँ वर्ष प्रवेश गरेको अवसरमा देशभित्र र बाहिर रहेका विद्यार्थीहरुमा आफ्नो हक हितप्रति जागरुक हुँदै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगति विरुद्ध खबरदारी गर्न ढुङ्गानाले आह्वान गरेका छन् ।

नेविसंघका सम्पूर्ण संस्थापकहरुलाई स–सम्मान स्मरण गर्दै नेवि संघका स्थापनाकालदेखि आजसम्म संघको विभिन्नतहको नेतृत्वपंक्तिमा रहेर कार्य गर्ने र अहिलेको अवस्थासम्मल्याइ पु¥याउन साथदिने सम्पूर्ण व्यक्तित्वहरुलाई अध्यक्ष ढुङ्गानाले स्मरण गरेका छन्।

‘आजहामीले आफ्नो स्थापनादिवस मनाउँदै गर्दा सिंगो विश्वकोरोनाभाइरस(कोभिड–१९)को संक्रमणले आक्रान्त छ, यसबाट लाखौँ संक्रमितभएका छन्, मृतकहरु पनिदिनानुदिन बढी रहेका छन्,’ अध्यक्ष ढुंगानाले भनेका छन्,‘संसारभरिकोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकाव्यक्तिहरुप्रतिहार्दिक श्रद्धाञ्जलिव्यक्तगर्दै सम्पूर्ण संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामनागर्दछु।’

संकटको घडीमा सिंगो राष्ट्र एकजुट भइमहामारीको सामनागर्न आह्वानगर्दै ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहितबनाउँदै सबैलाई साथलिई अघि बढ्न सरकारसँग आग्रह गरेका छन्।

लोकतान्त्रिकमूल्य र मान्यताका सवालमाकहिल्यै कसैसँग नझुक्ने तथाविद्यार्थी हकहितका सवालमा सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने नेविसंघको क्रान्तिकारी छविलाई अझउच्चबनाउनआ–आफ्नो ठाउँबाट थप योगदानदिन नेविसंघको कार्यकर्ता पङ्क्तिलाई अपील गरेका छन्।

‘नेविसंघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतीहरुको सामनागर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा नेवि संघलाई स्थापितगर्न सबै साथहरुको हातेमालो आवश्यक छ,त्यसकारण यस सामूहिकप्रयत्नमा जुट्न सबै साथीहरुलाई आह्वान गर्दछुु,’ ढुङ्गानाले भनेका छन ।

नेपाली कांग्रेसका संस्थापक तथा नेताहरू बिपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुले देखाएको बाटोमानेवि संघ निरन्तरअघि बढ्ने ढुङ्गानाले प्रष्ट पारे ।

‘पार्टी सभापति शेरबहादुर देउवा तथा कांग्रेस केन्द्रीय समितिको मार्ग निर्देशनले हाम्रो बाटो सहज बनाउने छ, समग्र नेपाली विद्यार्थीहरुको भावना हाम्रो निम्ति हरेक काम गर्न उर्जा र दृढताको स्रोत हुनेछ,’ ढुङ्गानाले विज्ञप्तिमा भनेका छन ।