काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरूलाई राहत वितरण गरेको छ ।
संगठनको ५१औं स्थापना दिवसको अवसर पारेर नेविसंघले शनिबार काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न वितरण गरेको हो ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले सानोठिमी क्याम्पस, कोटेश्वर क्याम्पसलगायत विभिन्न क्याम्पसमा अध्ययनरत झन्डै दुई सय विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको जानकारी दिए ।





प्रतिक्रिया