काठमाडौं । सरकारले १५ वैशाखपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस ९कोभिड १९० को जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो ।
यस्तै तरिकाले १५ वैशाखपछि लकडाउन जाँदैन । यसको स्वरुपमा परिवर्तन गर्नेगरी तयारी गरिरहेका छौं । स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले भने अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेका छन् ।
सरकारले गत वर्षको ११ चैत्रबाट भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लकडाउनको घोषणा गरेको थियो ।





प्रतिक्रिया