देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदयपुरमा सेनाको स्वास्थ्य टोलीद्वारा स्वाब संकलन

देशान्तर

उदयपुर । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३, भुल्केमा स्वाब संकलन थालेको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले मस्जिदनिकट बस्तीका १५२ जनाको स्वाब संकलन गरेको हो ।

२५२ जनाको स्वाब संकलन गर्ने लक्ष्य लिएको सेनाले १५२ जनाको स्वाब संकलन भएको र बाँकी सोमबार (आज) लिइने जनाइएको छ । संकलित स्वाब कोसी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

यसअघि पनि मस्जिद रहेको बस्तीका ६६ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो । १२ भारतीय जमाती र एक नेपालीलाई कोरोना ‘पोजिटिभ’ पुष्टि भएसँगै त्रियुगा नगरपालिकामा संत्रास फैलिएपछि सेनाको स्वास्थ्य टोली उदयपुर आएको हो ।