देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दल विभाजन अध्यादेश बेमौसमी बाजा- कांग्रेस प्रवक्ता

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दल सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउनेबारे आज गरेको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका छन्, “बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन्, गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ । जय नेपाल !”